
समाजवादी मोर्चाले शुक्रबार भएको तीनकुने घटनामा सरकारको कमजोरी रहेको निष्कर्ष निकालेको छ ।
सोमबार माओवादी पार्टी कार्यालय पेरिसडाडामा बसेको मोर्चाको बैठकले तीनकुने घटनामा सरकारको कमजोरीका कारण ठूलो जनधनको क्षति भएको भन्दै आगामी निदमा यस्ता घटना दोहरिन नदिन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले जानकारी दिनुभयो ।
बैठकले हिंसात्मक आन्दोलनले पु¥याएको क्षतिको पूर्तिका लागि सरकारसँग आग्रह गरिएको र राजावादीहरुबाटै क्षतिपूर्ति भराउनुपर्ने गरी माग गर्ने उहाले बताउनुभयो ।
संघीय लोकतान्त्रिक गणतन्त्र विदेशी प्रतिक्रियावादी र देशका प्रतिगामी तत्वहरुलाई मन नपरेको भन्दै उहाले सशक्त प्रतिवाद गर्ने निर्णय भएको उल्लेख गर्नुभयो ।
त्यस्तै मोर्चाले गणतन्त्र पक्षधर राजनीतिक पार्टीबीच छिटै अन्तक्र्रिया गरिने प्रकाण्डले बताउनुभयो ।