२०८१ चैत्र १९, मंगलवार ०७:२७

नेपाल चिकित्सक संघले मधेश प्रदेश सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ ।

चिकित्सक संघका अध्यक्ष डा. निरञ्जनकुमार सिंहले ७२ घण्टा भित्र कर्मचारीहरुको तलव माग गर्दै नदिए त्यसको जवाफदेहिता मधेश प्रदेश सरकारको हुने चेतावनी दिएका छन् ।

नेपाल चिकित्सक संघ मधेश प्रदेश समितिले छात्रवृत्ति करार सेवा अन्तर्गत मधेश प्रदेशका अस्पताल तथा यस प्रदेशको स्थानीय तह अन्तर्गतका अस्पतालहरुमा घटाइएका चिकित्सक तथा स्वस्थ्यकर्मीहरु विगत ४ देखि ६ महिनासम्मको तलब भुक्तानी नहुनु दुखद रहेको भन्दै मुख्यमन्त्री सतीशकुमार सिंहको ध्यानाकर्षण गराएका छन् ।

सो ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ, ‘नेपाल सरकारm स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग संग सम्झौता गरी मधेश प्रदेश तथा यस प्रदेशका स्थानीय तहमा खटाइएका चिकित्सा तथा स्वास्थ्यकर्मीहरुको आर्थिक बर्ष २०८१/०८२ को लागि कातिक महिनामा नियुक्ति लिए देखि अहिले सम्मको तलव भुक्तानी नभएको हुँदा, स्वास्थ्यकर्मीहरुले भोग्नुपरेको पीडा तथा दैनिक जिवन यापन समेत कष्टकर भईरहेले आजैको मितिवाट ७२ घण्टाभित्र तलव भत्ता उपलव्ध गराईदिनुहुन विनम्र अनुरोध गर्दछौं ।’

सो ध्यानाकर्षण पत्रमा अघि लेखिएको छ, ‘छात्रवृत्ति करारका स्वास्थ्यकर्मीहरुले यस प्रदेशमा नियमित रुपमा कहिले पनि तलव भत्ता नपाएको र सधै विरोधका कार्यक्रमहरु गर्नुपरेको तितो यथार्त यहाँहरुलाई अवगत नै छ । तसर्थ ७२ घण्टा भित्र सम्पूर्ण स्वास्थ्यकर्मीहरुको बक्यौता तलव उपलव्ध गराई दिन र निकट भविष्यमा नियमित रुपमा तलव भक्ता उपलव्ध हुने प्रतवद्धता व्यक्त गर्न नेपाल चिकित्सक संघ मधेश प्रदेश जोडदार माग गर्दछ ।

७२ घण्टा भित्र तलव नपाएको खण्डमा स्वास्थ्य सेवा प्रभावित हुने गरी चिकित्सकहरुले आम हड् ताल गर्नुपर्ने बाध्यकारी अवस्थाको जानकारी गराउँदछौँ ।’

Comment


Related News