२०८१ चैत्र १९, मंगलवार ०८:०६

नेपाली कांग्रेस केन्द्रीय सदस्य विमलेन्द्र निधिले पूर्वराजा ज्ञानेन्द्र शाहलाई अन्तिम राजा रहेको भन्दै टिप्पणी गरेका छन् ।

जनकपुरधाममा सोमबार आयोजित एक कार्यक्रममा पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका नेता निधिले पूर्वराजा ज्ञानेन्द्रको गतिविधि संविधान विपरीत रहेको बताए । उनले गणतन्त्र, संघीयता र लोकतन्त्रको पक्षमा यो देशका नागरिक नै मालिक रहेको र राजाको समयमा सार्वभौमसत्ता राजाको हातमा रहेको भए पनि अहिले लोकतन्त्रमा त्यसको अधिकार जनतामा रहको स्पष्ट पारे । उनले भने, ‘पूर्वराजा ज्ञानेन्द्रलाई पूर्वराजा भन्नु भन्दा अन्तिम राजा भन्नु उपयुक्त छ ।’

उनले नेपालमा पुनः राजतन्त्र कहिल्यै नफर्किने बताए । पूर्वराजा ज्ञानेन्द्रको गतिविधि संविधानको विपरीत रहेको भन्दै देशको जनता अब आफ्ना अधिकारको लागि सजग र सशक्त बनेको उनले बताए । नेपालमा राजतन्त्रको अन्त्यपछि भएको परिवर्तनलाई स्मरण गर्दै नेता निधिले भने, ‘राजतन्त्रको समयमा नेपाली जनताले हरेक संकटमा राजालाई साथ दिँदै आएका थिए । तर, त्यसको बदला राजाले जनतालाई धोका मात्र दिए ।’

Comment


Related News

Latest News

Trending News