२०८१ चैत्र १९, मंगलवार ०८:१४

महोत्तरीको जलेश्वरमा एक बालिका बलात्कृत भएकी छन् ।

जलेश्वर नगरपालिकाकी ३ वर्षीया बालिका आफन्तबाटै बलात्कृत भएकी छन् । जलेश्वर नगरपालिका–३ मा आफन्तले घरमा खेलाउन लगेकी बालिकालाई बलात्कार गरेको महोत्तरी प्रहरीले जनाएको छ । सिकिस्त अवस्थामा भेटिएकी बालिकालाई स्वास्थ्य परीक्षण र उपचारका लागि प्रादेशिक अस्पताल जलेश्वरमा भर्ना गरिएको छ ।

आइतबार दिउँसो २ बजे बलात्कृत बालिकालाई घरमै राखेर घटना मिलाउन खोजिएको र बालिकाको स्वास्थ्य अवस्था बिग्रिएपछि सोमबार अस्पताल भर्ना गराइएको थियो । बालिकाको स्वास्थ जाँच प्रादेशिक अस्पताल भइरहेको र प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको महोत्तरी प्रहरीका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News