२०८१ चैत्र १९, मंगलवार ११:२७

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रतिनिधि सभा सांसद दीपक बोहराको निधन भएको छ।

काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा मंगलबार बोहराको निधन भएको हो।

सांसद बोहराको निधन भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

उनी २०७९ मंसिरमा भएको चुनावमा रूपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए। उनले तत्कालीन गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाणलाई हराएका थिए।

सांसद बोहरा दुई वर्षदेखि बिरामी थिए।

उनको दुई छोरा छन् भने छोरीको गत फागुनमा निधन भएको थियो।

Comment

Related News

Latest News

Trending News