२०८१ चैत्र १९, मंगलवार १६:०१

नेपाल सरकार र भारत सरकारबिच स्थानीय तहमा शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोगसम्बन्धी सम्झौता भएको छ ।

मंगलबार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा मन्त्रालय, नेपालीस्थीत भारतीय दूतावास र ९ वटा पालीकाको १० वटा स्थानीय तहबीच शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोगसम्बन्धी सम्झौता भएको हो । जस अनुसार धनगढी उपमहानगरपालिका, धुर्कोट गाउँपालिका, गुल्मी, चंखेली गाउँपालिका, हुम्ला, बुटवल उपमहानगरपालिका, ईन्द्रवती गाउँपालिका, सिन्धुपाल्चोक, जय पृथ्वी नगरपालिका बझाङ, भरतपुर महानगरपालिका, चितवनलगाएतका स्थानीय तहमा सहयोग उपलव्ध गराउने बिषयमा सम्झौता भएको मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले जानकारी जानकारी दिनुभयो ।

यसअघि चालू आर्थिक बर्षमा १३ वटा परियोजनामा सम्झौता भइसकेको उहाले जानकारी दिनुभयो । उहाले सम्बन्धित पालिकाबाट आयोजना माग गरेर अर्थ मन्त्रालयमार्फत भारतीय दूतावासमा प्रस्ताव पठाएपछि दूतावासले स्वीकृत गर्ने प्रक्रिया रहेको जिकिर गर्नुभयो ।

उहाँले सम्झौता कार्यान्वयन हुने प्रत्येक आयोजनाको अधिकतम बजेट सीमा २० करोड रुपैयाँ रहने बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News