
गुठी संस्थानले लक्ष्मी नारायण मठ मटिहानी स्थानको उत्तराधिकारी महन्त पदमा डा. रविन्द्र दास बैष्णवलाई नियुक्त गरेको छ ।
गुठी संस्थानको समितिको बैठक निर्णयअनुसार डा. दासलाई मठिहानी स्थानको महन्तको रूपमा नियुक्त गरिएको छ । गुठी संस्थानले फागुन २८ गते जारी गरेको पत्रका अनुसार मठिहानी स्थानको उत्तराधिकारी नियुक्तिका लागि परेको निवेदनको आधारमा समितिको बैठक नं ४ सयको निर्णयअनुसार डा. दासलाई निर्देशिका २०७७ को दफा १० बमोजिम महन्तको पदमा नियुक्ति प्रदान गरिएको छ ।
लक्ष्मी नारायण मठ मटिहानीलाई नेपालका मठहरूको सर्वोच्च मानिन्छ ।