२०८१ चैत्र २०, बुधबार १६:१७

सामुदायिक विद्यालयका शिक्षकहरू काठमाडौं आएर आन्दोलन सुरू गरेका छन्।

शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै बुधबार काठमाडौंमा सडक प्रदर्शन गरेका हुन्।

शिक्षकहरूले हिउँदे अधिवेशनमै विद्यालय शिक्षा ऐन जारी गर्न माग गरेका थिए। तर मंगलबार राति १२ बजेदेखि हिउँदे अधिवेशन अन्त्य भइसकेको छ।

नेपाल शिक्षक महासंघको अगुवाइमा विभिन्न जिल्लाका विद्यालयमा पढाउने शिक्षकहरू आन्दोलनमा आएका हुन्। महासंघले एक लाख जनाभन्दा धेरै शिक्षकको सहभागीतामा आन्दोलन अघि बढाउने तयारी गरेको छ।

विगतमा सरकारसँग गरिएका सहमति समेटेर तत्काल विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने शिक्षकहरूको माग छ।

Comment

Related News

Latest News

Trending News