२०८१ चैत्र २०, बुधबार १७:५६

काठमाडौंको तीनकुनेको घटनामा दुई जना मृतकको परिवारलाई सरकारले १० लाख दिने निर्णय गरेको छ।

बुधबार पत्रकार सुरेश रजक र सबिन महर्जनको परिवारलाई १० लाख दिने निर्णय गरेको गृह मन्त्री रमेश लेखकको सचिवालयले जनाएको छ।

दुर्गा प्रसाईंको आह्वानमा काठमाडौंको तीनकुनेमा गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनमा रजकको जलेर मृत्यु भएको थियो भने महर्जनको प्रहरीको गोली लागेर मृत्यु भएको थियो।

तीनकुनेमा आगजनी भएको घरमा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजक मृत फेला परेका थिए। उनको जलेर मृत्यु भएको पोस्टमर्टमले देखाएको छ।

Comment


Related News

Latest News

Trending News