२०८१ चैत्र २१, बिहीबार ०७:३१

सिरहाको जिल्ला प्रशासन कार्यालयबाट ६ जना बिचौलिया पक्राउ परेका छन् ।

मंगलबार प्रशासन कार्यालय परिसरबाटै ६ जनालाई नियन्त्रणमा लिएको सिरहा प्रहरीले जनाएको छ । सेवाग्राहीलाई काम गराइदिने भन्दै अनावश्यक हैरानी दिने गरेको भन्ने सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको सिरहाका प्रहरी प्रवक्तासमेत रहेका डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।

यस विषयमा अनुसन्धान भइरहेकोले अहिले नाम भने सार्वजनिक गर्न नमिल्ने उनले बताए । जिल्ला प्रशासनका कर्मचारीको मिलेमतोमा सेवाग्राहीसँग उनीहरूले ठगी गर्दै रकम असुल्ने गरेका थिए ।

Comment


Related News