२०८१ चैत्र २१, बिहीबार ०७:४४

श्रद्धा, भक्ति एवं धार्मिक सहिष्णुताको रूपमा रहेको चैती छठ पर्व रौतहट जिल्लामा अत्यन्त उत्साह र महत्वका साथ मनाइँदै छ । विगतभन्दा अहिले चैती छठ पर्व गर्ने ब्रतालुको संख्या वृद्धिसँगै कार्तिक महिनामा मनाइने छठ पर्व जस्तै चैती छठ पनि अत्यन्त उत्साह र महत्वका साथ मनाइँदै छ ।

शुद्धता र आपसी सद्भावको रूपमा चैती छठ पर्व मनाउनका लागि व्रतालु तैयारीमा जुटेका छन् । छठ पर्वका पहिलो दिन मंगलबार ब्रतालुहरू नहाइखाइ चोखो खाना खाइ बुधबार दोस्रो दिन बेलुका सख्खर हालेको खिर, पुरी, केरालगायतका प्रसाद चढाएर पूजा गरी त्यही प्रसाद खाएर उपवास बस्ने र बिहीबार अस्ताउँदो सुर्यलाइ र शुक्रबार उदाउँदो सूर्यलाइ अर्घ दिएपछि चैती छठ पर्व सम्पन्न हुने व्रतालु सीता देवीले बताइन् ।

छठ पर्वको प्रसादका रूपमा केरा, सुन्तला, नरिवल, अदुवा, गहुँको पिठोले बनाइएको ठेकुवा, उखुलगायतका प्रसाद बासले बनेको छिटा, दौरा, सुप तथा माटोले बनेको हात्ती, ढकना, दियो र कलस लगायत पूजा सामग्रीको प्रयोग गरिन्छ, जसलाई शुद्धताको प्रतिकको रूपमा लिने गरिएको ब्रतालु राधिका देवीले बताइन् ।

छठ पर्व वर्षमा दुई पटक कार्तिक र चैत महिनामा छठ पर्व मनाउँदै आइरहेको तथा छठ पर्व गर्नाले घरमा सुख शान्ति तथा चर्मरोग निको हुने धार्मिक विश्वास रहेको छ । खर्नाका दिन मिथिलानी व्रतालुहरु दिनभरि निर्जल एवम् निराहार उपबास बसेर साँझपख घर घरमा खीर, पूरी, लरु (लड्डु), केरा, तुलसीको पातको प्रसाद तयार गरी कूल देवताको पूजा गरेर सूर्य भगवान् र छठी मातालाई चैती छठ पर्वको निमन्त्रण दिनुका साथै प्रसाद (नेउज) चढाउने चलन रहेको जलेश्वर– ८ की व्रतालु महिला सुमिन्त्रा देवीले बताइन् ।

यस दिनमा व्रतालु महिला खरना पर्व मनाइसकेपछि राति आफूले भने अरवा अरबाइन (विना नुन हालेको) खानेकुरा मात्रै खाने गर्दछन् । जसमा खीर, पुरी, केरालगायत वस्तुहरु समावेश हुन्छ । चार दिनसम्म विभिन्न विधिहरु गर्दै मनाइने चैती छठ पर्व मिथिलाञ्चलको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत भारततर्फको मिथिला क्षेत्रमा पनि धुमधामका साथ मनाइने गरिन्छ ।

बिहीबार षष्ठीका दिन व्रतीहरुले सन्ध्याकालीन अर्घका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षेता फूल हालेर अन्य अर्घ सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अर्घ अर्पण गर्नेछन् ।

त्यस्तै सप्तमीका दिन शुक्रबार बिहान पुनः छठघाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहो¥याई उदाउँदो सूर्यलाई अर्घ दिई चैती छठ पर्व सम्पन्न गर्ने चलन रहेको छ ।

Comment


Related News

Latest News

Trending News