२०८१ चैत्र २१, बिहीबार १३:०९

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार अपराह्न भेटवार्ता हुने भएको छ।

प्रधानमन्त्री ओली बहुक्षेत्रिय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) मा सहभागी हुन थाइल्याण्ड पुगिसकेका छन्। भारतीय प्रधानमन्त्री मोदी पनि बिमस्टेकमा भाग लिन थाइल्याण्ड पुग्दैछन्।

थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातबीच बुधबार भेटवार्ता भएको थियो।

भेटवार्तामा प्रधानमन्त्री ओलीका साथ परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई लगायत थिए।

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बिमस्टेकका बेला साइडलाइन वार्ता हुन लागेको हो।

यसअघि प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच गत असोज ७ गते अमेरिकाको न्युयोर्कमा भेटवार्ता भएको थियो।

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन गएका प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच मोदी बसेकै होटल लोटे न्युयोर्क प्यालेसमा करिब ३० मिनेट कुराकानी भएको थियो।

Comment


Related News

Latest News

Trending News