२०८१ चैत्र २२, शुक्रबार ०७:१९

मिथिलाञ्चलको आस्था महापर्व चैती छठ अन्तर्गत बिहीबार अस्ताउँदो सूर्यलाई दिइएको छ, भने शुक्रबार उदाउँदो सूर्यलाई अघ्र्य दिइ सम्पन्न भएको छ ।

बिहीबार साँझ विभिन्न तालतलैया तथा सरोवरमा व्रतीले अस्ताउँदो सूर्यलाई अघ्र्य दिएका छन् भने शुक्रबार विहान उदाउँदो सूर्यलाई अघ्र्य दिइ चैती छठ विधिवत रुपमा सम्पन्न भएको छ ।

चैती छठको अवसरमा जनकपुरधामको मुख्य सरोवरहरुमा व्रतालुहरुको विहानैदेखि भीड लागेको छ । चार दिवसीय छठको पहिलो दिन नहाइ खाइ, दोस्रो दिन खरना, तेस्रोदिन अस्ताउँदो सूर्यलाई अघ्र्य र चौथो दिन उदाउँदो सूर्यलाई अघ्र्य दिइने परम्परा रहेको छ । छठमा केरा, भुसुवा, ठकुवा, नारिवल, उखु, मुलासहितको विभिन्न फलफूल लिइ श्रद्धालुहरुले सूर्यलाई अघ्र्य दिएका छन् ।

छठ पर्व गर्नाले दुःख कलेसबाट मुक्ति, सन्तान प्राप्ति, चर्मरोग नीको हुने र पारिवारिक सुख शान्ति रहने जन विश्वासकोसाथ छठ पर्व मनाउने गरिन्छ ।

Comment


Related News

Latest News

Trending News