२०८१ चैत्र २२, शुक्रबार ०७:३७

रामस्वरुप रामसागर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रा. डा.वसन्त कर्णलाई युवाहरुको अज्ञात समूहले कालोमोसो दलेको छ ।

क्याम्पस प्रमुख डा. कर्ण साइन्स ब्लगमा जाँदै गर्दा दुईजना युवाको एक समूहले बिहीबार दिउँसोतर्फ पछाडितर्फबाट कालोमोसो दलेर फरार भएको कर्मचारीहरुले बताएका छन् ।

क्याम्पस प्रमुख डा. कर्णलाई कालोमोसो दलेको घटनाबारे धनुषा प्रहरीका प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहले जनाएका छन् । उनले कालोमोसो दल्ने युवाहरुको पहिचान गर्ने काम भइरहेको बताए ।

क्याम्पस प्रमुख डा. कर्णलाई कालोमोसो दलेर भागेकाले सो घटनाबारे अनुसन्धान गर्नका लागि सीसी क्यामराहरुको फुटेजहरु खोजी कार्य जारी रहेको उनले बताए । राराब क्याम्पसमा यसअघिका क्याम्पस प्रमुख प्रा. डा. विजयलाल कर्णलाई पनि कालोमोसो दलेको थियो ।

Comment


Related News

Latest News

Trending News