२०८१ चैत्र २२, शुक्रबार ०७:४१

रौतहट स्थित जंगली बँदेल मार्न राखिएको बिधुतिय पासोमा करेन्ट लागेर एकजना महिलाको मृत्यु भएको छ। मृतक महिलाको शव लुकाउने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको उत्तर पूर्वीभेग वृन्दावन नगरपालिका १ बलेरी गाउँ छेउमा जंगली बँदेल मार्न राखेको बिधुतिय पासोमा करेन्ट लागेर महिलाको मृत्यु भएपछी मृतक महिलाको शव लुकाउने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको नेतृत्वमा ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुर, गरुडा सहितको प्रहरी टोलीले घटनाको अनुसन्धान गर्दै मृतक महिलाको शव बिहीवार अपरान्ह बरामद गर्नुका साथै संलग्न ३ जना लाई पक्राउ गरेको छ ।

गाउँकै केही मानिसले जंगली बँदेल मार्न मकैबारीमा थापेको जेआइ बिधुतिय तारको पासोमा करेन्ट लागेर स्थानिय रूपनारायण राउतको श्रीमती ५५ वर्षीया देवी पटेलको एकसाता अघि मृत्यु भएको अनुमान गरिएको छ । करेन्ट लागेर महिलाको मृत्यु भएपछि पासो थाप्नेहरुले घटना लुकाउन नजिकै जंगलमा खाल्डो खनी शव पुरेका थिए ।

घटना पछि महिला बेपत्ता भएको पीडित परिवारमार्फत जानकारी भएपछि इलाका प्रहरी कार्यालय गरुडाको टोलीले अनुसन्धान थालेको थियो । डिएसपी राजन कार्कीका अनुसार गत १४ गते देखि महिला बेपत्ता भए पनि प्रहरीमा १९ गते जानकारी आएको थियो । अनुसन्धानको क्रममा मृतक महिलाको शव बिहीबार अपरान्ह जंगलमा गाडिएको अवस्थामा बरामद भएको छ ।

साथै घटनामा संलग्न रहेको आशंकामा ३ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरू ईलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा रहेका छन् । मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाईएको डिएसपी कार्कीले जानकारी दिएका छन् । एकसाता देखी गाडिएको मृतक महिलाको शव कुहिन सुरु भएको छ । अनुसन्धान पछि घटना बारे पूर्ण जानकारी आउने ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News