२०८१ चैत्र २२, शुक्रबार १५:२९

नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले निष्ठाका साथ देश र जनताको सेवामा रातदिन खटिँदा पनि सरकारले आफूलाई पदबाट बर्खास्त गरेको गुनासो गरेका छन्।

शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै घिसिङले आफूले उद्योगहरूको ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता उठाउन पत्र काटेकै दिन सरकारले हटाएको बताए।

‘बक्यौता उठाउने मेरो प्रयास नै मलाई हटाइनुको प्रमुख कारण बनेको छ। बक्यौता उठाउनु अपराध हो?,’ उनले प्रश्न गरे।

त्यसैगरी, आफूलाई हतोत्साहित गर्न उनले राज्यको सम्पूर्ण शक्ति आफूमाथि खनिएको समेत आरोप लगाए।

‘कसको स्वार्थमा राज्यको सम्पूर्ण शक्ति ममाथि खनिएको थियो नेपाली जनताले देखेका छन्,’ उनले भने।

दैनिक १८ घण्टा हुने लोडसेडिङको अन्त्य आफ्नै कार्यकालमा भएको पनि उनले बताए।

‘जनतालाई उज्यालो दिनु अपराध हो?,’ उनले प्रश्न गरे।

Comment


Related News

Latest News

Trending News