२०८१ चैत्र २२, शुक्रबार १६:३४

महोत्तरीको भूमिसुधार तथा मालपोत कार्यालयका नायब सुब्बा दीपेन्द्र नारायण चौधरीसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा अभियोगपत्र दायर गरेको छ ।

कार्यालयका खरिदार मुन्नुकुमार दास र लेखापढी कानुन व्यवसायी जिवछ महतोले जग्गाको ट्रायल चेक गरी नक्सा सुधार गर्न सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस मागिरहेको उजुरीका आधारमा अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले ३५ हजार घुस लिइसकेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो ।

अनुसन्धानको सिलसिलामा नायब सुब्बा चौधरीको पनि मिलोमतोमा जग्गाको ट्रायल चेक एवं क्षेत्रफल सुधार गरी लालपुर्जा बनाइदिने भन्दै उनीहरूले सेवाग्राहीबाट घुस लिएको भेटिएको अख्तियारले जनाएको छ ।

उनीहरुविरुद्ध एक महिनादेखि ६ महिना कैद र ३५ हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

Comment

Related News

Latest News

Trending News