२०८१ चैत्र २३, शनिबार ०७:३२

वीरगञ्जमा ‘ मधेश साहित्य महोत्सव’ सुरु भएको छ ।

शुक्रबार बिहान देखि शुरु भएको साहित्य महोत्सवमा स्थानीय भोजपुरीलगायत क्षेत्रीय र राष्ट्रिय भाषा साहित्यको अवस्थाको बारे चर्चा गरिने छ । वीरगञ्जमा पहिलो पटक साहित्य महोत्सवको आयोजना गरिएको छ । सो कार्यक्रममा संयोजक साहित्यकार गणेश लाठले वीरगञ्जको राजनैतिक इतिहास, भोजपुरी ‘साहित्य संस्कृति’को अवस्था, यसको प्रवद्र्धनमा देखिएको अवश्यकता लगायतका विषयबारे जानकारी गराए ।

मधेशको सामाजिक र साहित्यिक उन्नयनलाई प्रवद्र्धन गर्ने उद्देश्यले पनि पहिलो पटक ‘मधेस साहित्य महोत्सव’ को आयोजना वीरगन्जमा गरिएको लाठले बताए । पहिलो दिन ‘माटी, मन र मस्तिष्क’ विषयमा भोजपुरी, मैथिली, नेपाली हिन्दीलगायतका भाषाको अवस्था र मधेशको राजनैतिक स्थितबारे विश्लेषक सिकेलालले प्रकाश पार्नु भएको थियो । उहाँले मुलुकमा लादिएको नेपाली भाषाको इतिहासबारे बताउँदै कुटनैतिक रुपमा अंग्रेजी, राजकाजको भाषामा नेपाली, बजारी भाषामा हिन्दी भाषाको प्रयोगले स्थानीय भाषाहरुको विकास साहित्यका विकास हुन नसकेको चिन्ता व्यक्त गरे ।

‘माटोको सुगन्ध : जीवनको रंग’ विषयक छलफलमा कृषि विज्ञ कृष्ण प्रसाद पौडेल,कृषि अगुवा लक्ष्मण थारु र सुदर्शन चौधरीले आ–आफनो अनुभव साझा गरेका थिए । जसको सहजीकरण सकुन्तला जोशीलेृ गरेकी थिइन् । नेपाल–अंग्रेज बीचको युद्धमा मधेशको भूमिकाका बारेमा लेखक एंव पत्रकार मोहन मैनाली, विश्लेषक सञ्जय साह मित्र र राजेश चौधरी र यस्तै ‘स्थानीय सरकार, उद्यम र शिक्षा’ विषयक प्यानल छलफलमा डा. शिला मिश्र, प्रिती देव र रमेश ज्ञवालीले मधेशमा शिक्षा, उद्योग व्यपारको वर्तमान स्थितिका बारेमा तथ्यांक सहित धारणाहरु प्रस्तुत गर्दै बर्तमान अवस्थाबारे चर्चा गरेका थिए ।

Comment


Related News

Latest News

Trending News