२०८१ चैत्र २३, शनिबार ०७:३६

मुख्यमन्त्री सतीश कुमार सिंहले धनुषाको जलाद खोला वन क्षेत्रको नदिमा स्थलगत अनुगमन गर्दा नियम विपरीत अवैध रुपमा बालुवा ढुंगा उत्खनन् गरेको पाइएपछि प्रहरीले केही टिपर र लोडर नियन्त्रण लिएको छ ।

धनुषाको मिथिला नगरपालिकामा रहेको सो खोलाबाट नगरपालिकाले वातावरणीय प्रभावको मूल्यांकन गरेर उत्खनन्का लागि स्वीकृति दिएको सूचनाको आधारमा मुख्यमन्त्री सिंहले अनुगमनका लागि पुगेपछि ६ वटा टिपर र २ वटा लोडर नियन्त्रणमा लिन आदेश दिएपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।

वन क्षेत्रमा प्रदेश वन मन्त्रालयको वातावरणीय प्रभावको मूल्यांकन गरेपछि सम्बन्धित जिल्लाको डिभिजन वन कार्यालयबाट उत्खनन् का लागि स्वीकृति दिने कानूनी प्रावधान विपरीत नगरपालिकाले उत्खनन्का लागि आदेश दिएको भन्दै अनुगमनका लागि मुख्यमन्त्री पुगेको थियो । अनुगमनको क्रममा वन ऐनको उल्लंघन पाइएकाले मुख्यमन्त्री सिंहको आदेशमा पक्राउ परेका सबै टिपर र लोडर इलाका प्रहरी कार्यालय ढल्केवरमा राख्ने काम भएको छ ।

ठेकेदारलाई आवश्यक कागजात सहित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा उपस्थित हुनका लागि निर्देशन दिइएको छ ।

Comment


Related News

Latest News

Trending News