२०८१ चैत्र २४, आईतवार १८:०४

रामनवमीको अवसरमा धनुषाको नगराइन नगरपालिकामा रामजानकी मन्दिरको शिलान्यास गरिएको छ ।

पूर्व मन्त्री एवं धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का सांसद जुली महतोले शिलान्यास गर्दै मन्दिर भएको क्षेत्रलाई टुरिष्ट क्षेत्रको रुपमा विकास गर्नुपर्ने आवश्यकता माथि जोड दिनुभयो ।

नगराइन नगरपालिका ६ को पछवारी टोलमा रामजानकी मन्दिर निर्माण र पूर्वारी टोलमा हनुमान मन्दिर जिर्णेद्धारका लागि पूर्व मन्त्री महतोले प्रदेश सरकारसँग १ करोड रुपैया माँगेका थिए जसमध्ये सो सरकारले ५० लाख रुपैया उपलब्ध गराएको छ ।

५० लाख मध्येबाटै हनुमान मन्दिरको पनि जिर्णेद्धार हुनेछ । सो स्थलको पनि पूर्व मन्त्री निरीक्षण गर्नुभयो ।

सो अवसरमा नगराइन नगरपालिकाका उपमेयर राधा देवी यादव, नेका एमाले मधेश प्रदेश समितिका सदस्य संजित मण्डल लगायत विभिन्न स्थानीय नेताहरुको पनि सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News