
नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली मधेश प्रदेश सभाको बैठकलाई सम्बोधन गर्न मंगलवार जनकपुरधाम आउन लागेका छन् ।
मधेश प्रदेश सभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने र त्यसपछि सभाले धन्यवाद प्रस्ताव पारित गर्ने दुईवटा कार्यसूची रहेको छ । सभासदहरुलाई बिहान १० बजे प्रदेश सभामा बोलाइएको छ । प्रधानमन्त्री ओली ११ बजे हेलिकोप्टरबाट आउने कार्यक्रम रहेको छ । प्रदेश सभामा सम्बोधनपछि दलका नेताहरुसित भेटघाट गर्ने बताइएको छ । प्रदेश सभाको कार्यक्रम सकिएसँगै प्रधानमन्त्री ओली सिरहा जाने कार्यक्रम रहेको छ ।
सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवले प्रदेशभरिको पूर्वाधार विकास कार्यालयका योजनाहरु दलालमार्फत आफैले बिक्री गरेको आरोप लगाउँदै विपक्षी दलहरुले उच्चस्तरीय छानबिन समितिको माग गरेको हो । बुधबार संसदीय छानबिन समिति गठन गर्न सत्तापक्ष सहमत भएपछि प्रदेश सभाको गतिरोध हटाइएको छ । भौतिक पूर्वाधार विकास मन्त्री यादवले १० प्रतिशत कमिसन दलालमार्फत लिएर योजना बिक्री गरेको आरोप छ ।
प्रधानमन्त्री ओलीले एमाले सिरहा जिल्लाको अधिवेशनको उदघाटन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि उनी राजधानी काठमाण्डु फर्किने छन् ।