२०८१ चैत्र २६, मंगलवार ०७:२७

लामो समयपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा जयनुल राइनलाई चयन गरिएको छ ।

लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले राइनलाई प्रदेश संसदीय दलको नेताको जिम्मेवारी दिएका छन् । ठाकुरको हस्ताक्षरसहितको पत्र पठाउँदै लोसपाले सोमबार मधेश प्रदेश सभामुख रामचन्द्र मण्डललाई समेत त्यसबारे जानकारी गराएको छ ।

यसअघि दलका नेता रहेका अभिराम शर्मा मधेश आन्दोलनमा असइ थमन विक हत्या काण्डमा दोषी ठहर भएपछि प्रदेशसभाले गत वैशाख २१ गते बर्खास्त गरेको थियो । त्यसयता लोसपा नेपाल दलको नेता पद रिक्त थियो । अध्यक्ष ठाकुरले प्रदेश सभामा पठाएको पत्रमा अर्को व्यवस्था नभए सम्मको लागि राइनलाई नेता मनोनयन गरिएको उल्लेख छ ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको अन्तरिम विधान प्रथम संशोधित अनुसार मधेश प्रदेश सभामा संसदीय दलको नेतामा प्रदेश सभा सदस्य जयनुल राइनलाई अर्को व्यवस्था नहुञ्जेलसम्म मनोनयन गरिएको जनाइएको छ ।

Comment


Related News

Latest News

Trending News