२०८१ चैत्र २६, मंगलवार १२:२९

नेपाली बजारमा मंगलबार (चैत २६) सुनको मूल्य घटेर कारोबार भएको छ ।

सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ७३ हजार ४०० रुपैयाँ कायम छ ।

सोमबार (चैत २५) छापावाल सुन प्रतितोला एक लाख ७३ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला एक हजार ८३० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । सोमबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

Comment


Related News

Latest News

Trending News