
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्था पुनस्र्थापनाको माग गर्दै काठमाडौंमा प्रदर्शनसहितको सभा गरेको छ ।
राप्रपाले मंगलबार काठमाडौंको बल्खुमा प्रदर्शनसहितको सभा गरेको हो । सभा अघि काठमाडौंको कालिमाटी, सातदोवाटो, कलंकी लगाएतका स्थानबाट प्रदर्शनसहित प्रदर्शनकारीहरु बल्खु पुगेका थिए । प्रदर्शन र सभालाई व्यवस्थीत गर्न राप्रपाले स्वयंसेवक समेत परिचालन गरेको थियो भने प्रदर्शनलाई मध्यनगर गर्दै ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको थियो ।
संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनस्र्थापनाका लागि दबाब दिने उद्देश्यले राप्रपाले प्रदर्शन र सभाको आयोजना गरेको हो ।
प्रदर्शनसहितको सभाका लागि राप्रपाले काठमाडौंको भृकुटिमण्डपमा स्थान माग गरेपनि सुरक्षाका कारण देखाउदै प्रशासनले सो स्थानमा सभा गर्न अनुमति नदिएपछि बल्खुमा सभाको आयोजना गरिएको हो ।