२०८१ चैत्र २६, मंगलवार १९:५५

सोमबार बसेको मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक गरिएको छ ।

सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङद्वारा सार्वजनिक निर्णय सूचीअनुसार बौद्धनाथ क्षेत्र विकास समितिको रिक्त कार्यकारी निर्देशकमा मोहनबहादुर तामाङलाई नियुक्त गरिएको छ ।

डडेल्धुराको भागेश्वर गाउँपालिकाको केन्द्र वडा नम्बर ४ बगरकोटबाट ४ कै टप्यामा कायम गर्ने र उक्त सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने पनि निर्णय गरिएको छ ।

त्यस्तै नागरिक एप (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०७८ खारेज गरिएको छ । क्याविनेटले साथै वैकल्पिक वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय पनि गरिएको छ ।

हेर्नुस् निर्णयहरू

Comment


Related News

Latest News

Trending News