२०८१ चैत्र २७, बुधबार ०७:०७

मधेश प्रदेश सभाको बुधवार बस्ने बैठकले भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादवलगायतका मन्त्रीहरुले गरेको योजना बिक्री लगायतका भ्रष्टाचारहरुको छानबिनका लागि संसदीय छानबिन समिति गठन गरिने भएको छ ।

गत हप्ता प्रदेश सभामा दलका नेता र प्रमुख सचेतकहरुबीच भएको सहमति अनुसार प्रदेश सभाबाट भ्रष्टाचार र योजना बिक्रीको छानबिन समितिले गर्ने छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनका लागि गतिरोध हटाउन सत्तासीन दलहरु र प्रदेश सभामुखले संसदीय समिति गठन गर्न सहमत भएका थिए ।

प्रदेश सभाको बैठक बुधबार १ बजे डाकिएको छ । त्यस बैठकबाट छानबिन समिति गठन गरिने सहमति भएको छ । छानबिन समितिले पूर्वाधार विकास मन्त्रालयलाई केन्द्रमा राखेर युवा, खेलकुद तथा समाजकल्याण मन्त्रालय समेतको योजना बिक्री लगायतका भ्रष्टाचारको छानबिन गर्ने छ । विपक्षी दलहरुले छानबिन समितिको माग गरे पनि सत्तापक्षले संसद नै अनिश्चितका लागि स्थगन गरी समिति गठनबाट भाग्ने प्रयास गरेका थिए ।

Comment


Related News

Latest News

Trending News