जनता समाजवादी पार्टी (जसपा) नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेस र कम्युनिष्टका नेताहरुकै कारण देशमा विकास हुन नसकेको टिप्पणी गरेका छन् ।
देशमा बहुदलिय व्यवस्था लागु भएको ३५ वर्षदेखि कांग्रेस र कम्युनिष्ट पालोपालो सत्तामा रहेर सरकार चलाउँदै आएका छन् । तर देशमा विकास हुनुको सट्टा देशमा चरम गरिवी र बेरोजगारी बढ्दै गएको जिकिर गरेका छन् ।
जनता समाजवादी पार्टी नेपाल जिल्ला कार्य समिति रौतहटको प्रथम जिल्ला अधिवेशन कार्यक्रममा मंगलवार बोल्दै उनले कांग्रेस कम्युनिष्टको हातमा शासन शक्ति रहेसम्म यो देशको कहिल्यै विकास सम्भव नरहेको दाबी गरेका छन् । दुई दलका नेताहरुले देशको अर्थतन्त्र धारासायी बनाएको कारण कृषि, उद्योगको विकास र शिक्षा तथा स्वास्थ्यको अवस्था नाजुक बन्दै गएको उनको भनाइ रहेको छ ।
देशमा रहेका ठूल्ठूला उद्योग धन्दा, कलकारखाना, कम्पनी बन्द हुँदा रोजगारीको लागि युवाहरु विदेश प्लायन हुन बाध्य भइरहेको उनले बताए । अध्यक्ष यादवले आगामी २०८४ मा हुने निर्वाचनमा जसपा नेपाललाई अत्यधिक बहुमत दिएर जिताउन माधेशवासीलाई आग्रह गरेका थिए ।
विगतका दिनमा भएको मधेश जनविद्रोहको बलमा आएको लोकतन्त्र, गणतन्त्र र संघीयतालाई केही तत्वले समाप्त पार्ने सडयन्त्र गरिरहेको बताउँदै हजारौ मधेशी सपुतको सहादतको बलमा स्थापित संघीयतालाई समाप्त गर्ने कोसिस गर्नेहरू आफै समाप्त हुने उनले चेतावनी दिएका छन् ।
जसपाको प्रथम जिल्ला अधिवेशन जिल्लाको मध्य भाग गरुडा स्थित होटल एन प्लाजामा मंगलवार देखी सुरु भएको छ । यादवको प्रमुख आतिथ्यमा अधिवेशनको उद्घाटन सत्र सम्पन्न भइ मंगलवार रातीदेखी बन्दसत्र शुरु हुनेछ ।


