आमजनता पार्टीका उपमहासचिव पछी केन्द्रीय वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहले पनि प्रभु साहको साथ छोडेका छन् । उनले नेतृत्ववर्गसंग असन्तुष्टि जनाउँदै पाट्रीको कुनै पनि जिम्मेवारीमा नरहेको जनाएका छन् ।
आमजनता पार्टी आजपा अध्यक्ष प्रभु साहको अति निकट रहेर उनको समकक्षीको रूपमा सधैं साथ सहयोग गर्दै आएको वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहले सोमबार आफ्नो आधिकारिक आइडी समाजिक संजाल फेसबुक मार्फत पार्टीको कुनै जिम्मेवारी नरहने सार्वजनिक रूपमा घोषणा गरेका हुन् ।
राष्ट्रिय जनमोर्चा पार्टीबाट राजनीति शुरु गरेका उपेन्द्र साह पछी माओबादी पार्टीको पोलिटब्युरो सदस्यको समेत जिम्मेवारी निर्वाह गरिसकेका छन् । रौतहटको माधव नारायण नगरपालिका ५ घर भएका उपेन्द्र साह २०७९ को निर्वाचन अघि नेकपा एमालेको केन्द्रीय सदस्य, पार्टी जिल्ला इन्चार्ज र नेकपा एमालेबाट तेस्रो स्थानमा समानुपातिक सांसदको लागि सिफारिस भएका थिए ।
२०७९ को निर्वाचनमा प्रभु साहले नेकपा एमालेको टिकट गोजीमा राखेर प्रतिनिधि सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका थिए । निर्वाचनमा उपेन्द्र साह, प्रभु साहको जस्तै एमाले पार्टीको वास्ता नगरी स्वतन्त्र उमेद् वारको साथ रहेको कारण पार्टीले कारवाही गरेको थियो । पछिल्लो केही महिनादेखि आजपा अध्यक्ष प्रभु साह र उनी बीच अविश्वासको वातावरण बनेको थियो ।
आम जनता पार्टीको मूल नेतृत्वसंग विश्वासको संकट देखिएपछि आजपा तथा प्रभु साहको साथ छोडेको उनले बताएका छन् । कुशवाहाको पोष्ट र केहीबेर पछि आजपा वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहको पोष्ट पछी सामाजिक सञ्जाल फेसबुक मार्फत आरोप प्रत्यारोप सुरुभएको थियो । एमालेका कार्यकर्ता आजपा अध्यक्ष प्रभु साहको र आजपाका कार्यकर्ता कुन्दन कुशवाहा र उपेन्द्र साहको फेसबुक मार्फत आलोचना शुरु गरेका थिए ।
उपेन्द्र साहले आजपा कार्यकर्ताहरुको समाप्ती चरणको हतास मानसिकताको उपज भएको बताएका छन् । आजपा निकट आइटी आर्मीका योद्धाहरुमा सैद्धान्तिक ज्ञानको अभाव रहेको भन्दै उनीहरूको लेखाइले लाज लाग्नु पर्ने टिप्पणी गरेका छन् । साथ छोड्ने बितिकै जसलाई पनी डेट एकसपायर भन्दिने आफ्नो डेट कहिलेसम्मको हो भन्नेले बुझ्नु जरुरी रहेको उनले सुझाव दिएका थिए ।
प्रभु साहलाई सहयोग गरेकै कारण २०७४ सालको स्थानीय तहको निर्वाचनमा माधव नारायण नगरपालिकामा उपमेयर पदमा बिजयी भएकी उनको श्रीमती सिमल कुमारी साह लाई सोहीसमय नेकपा एमालेले कार्वाही समेत खेप्नु परेको उनले गुनासो गरेका छन् । एमालेको केन्द्रीय सदस्य कुशवाहासंग सरसल्लाह भएकै कारण मानिसहरूले आफू आजपा छोडेर एमालेमा जाने गरिरहेको अडकल सही नभएको बताएका छन् । भर्खरै पार्टी छोडेको छु, अहिले केहीसमय विश्राम गर्छु त्यस पछि साथि सहयोगीहरुको सल्लाह सुझाव अनुसार कुनै दलमा आवद्ध हुने साहले बताएका छन् ।
वरिष्ठ उपाध्यक्ष साह भन्दा अघि कुन्दन कुशवाहाले २०७९ को निर्वाचनमा आजपाले आफूसंग गद्दारी गरेको तथा नेतृत्वसंग असन्तुष्टि जनाउँदै केही समय अघि प्रभु साहको साथ छोडेर नेकपा एमालेमा प्रवेश गरेका थिए। हाल उनी एमालेको केन्द्रीय सदस्य रहेका छन् ।


