२०८१ चैत्र २७, बुधबार ११:५७

आज सुनको भाउ एकैदिन दुई हजार रुपैयाँले बढेको छ । सुनको भाउ दुई हजार रुपैयाँले बढेर ताेलाकाे एक लाख ७५ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा एक लाख ७३ हजार चार सय रुपैयाँ रहेकाे थियो । गएको बिहीवार सुनको भाउ अहिलेसम्मकै उच्च ताेलाकाे एक लाख ८० हजार तीन सय रुपैयाँ पुगेको थियो । त्यसयता लगातार घटिरहेको सुनको भाउ आज बढेको हो ।

यस्तै आज चाँदीको भाउ पनि सामान्य बढेको छ । चाँदीको भाउ पाँच रुपैयाँले बढेर ताेलाकाे एक हजार आठ सय ३५ रुपैयाँमा कायम भएको महासङ्ले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार आठ सय ३० रुपैयाँ रहेकाे थियो ।

Comment


Related News

Latest News

Trending News