२०८१ चैत्र २८, बिहीबार ०७:२७

सीके राउत नेतृत्वको जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकताका लागि आन्तरिक टुंगो लागिसकेपछि नयाँ विवाद उत्कर्षको चरणमा पुगेको छ ।

जनमत पार्टी फोड्न केही गद्दार सक्रिय रहेको भन्दै सामाजिक सञ्जाल पेजमा सार्वजनिक गरेको अर्को दिनमै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले नयाँ कार्ड फ्याकेकी छन् । पूर्वमन्त्रीसमेत रहेकी अध्यक्ष श्रेष्ठले पार्टी एकीकरणपछि राउतले पाउने हैसियत बराबर नै चाहिने दाबी गरेकी छन् ।

एकीकृत पार्टीको अध्यक्ष राउत रहने र सहअध्यक्ष श्रेष्ठलाई राख्ने सहमति भएको थियो । तर सो सहमतिमा भने श्रेष्ठ तयार छैनन् । पार्टीको पहिलो वरीयतामा संरक्षकमा रेशम चौधरी, दोस्रोमा अध्यक्ष राउत र तेश्रोमा श्रेष्ठ रहने छिन् ।

वैशाख १५ गतेभित्र पार्टी एकता घोषणाको तयारी चलिरहेको बेला श्रेष्ठले नयाँ लफडा खडा गरेको जनमत पार्टीका नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओली निकट श्रेष्ठ रहेको आरोप लगाएका छन् ।

Comment


Related News

Latest News

Trending News