भौतिक पुर्वाधार विकास कार्यालय धनुषाले कमला नगरपालिका– ४ मा दिएको तीन वटा योजनाको फर्जी उपभोक्ता समिति गठन गरिएको छ ।
भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवले बिक्री गरेको योजनाको उपभोक्ता समिति गठन गर्न उपमेयरको किर्ते हस्ताक्षर गरिएको बताइएको छ । भौतिक पुर्वाधार मन्त्री यादवको संरक्षणमा फर्जी उपभोक्ता समिति बनाएर काम गर्ने प्रयास भएको हो ।
२५/२५ लाख रुपैयाँको ३ वटा योजनामा धनुषा निर्वाचन क्षेत्र नम्बर २ का एमालेका नेताले उपभोक्ता समिति बनाएको स्थानीयको शंका छ । सघारा राधा कृष्ण मन्दिरको धर्मशालाको माथिल्लो तल्लामा निर्माण कार्य, दुर्गा मन्दिरदेखि कमला बाँधसम्म सडक स्तरोन्ति कार्य र हुलाकी सडकको छेउमा अधुरो रामजानकी मन्दिर पुरा गर्ने निर्माण कार्य योजनामा फर्जी उपभोक्ता समिति बनाइएको हो ।
कमला नगरपालिकाकी उपप्रमुख शिला देवी मण्डलको फर्जी हस्ताक्षर गरी उपभोक्ता समिति बनाएकी छन् । उपप्रमुखले सो विषयमा पुर्वाधार कार्यालयलाई पत्र काटेर सम्झौता रोक्का गर्न अनुरोध समेत गरेकी छिन् । व
डा कार्यालयमा चिठ्ठी दर्ता गराइ १५ दिन भित्र उपभोक्ता समिति गठन गर्नुपर्ने प्रावधान छ । गत माघ २९ गते नै पूर्वाधार कार्यालयले उपभोक्ता समिति गठन सम्बन्धी पत्र तयार गरेका थिए । उक्त पत्र मन्त्रीले १० प्रतिशत लिएर योजना उपलब्ध गराएका थिए । वडाध्यक्ष गोहिवारले हालसम्म ती योजनाको चिठ्ठीहरु वडा कार्यालयमा नआएको बताए । उक्त योजनाको चिठ्ठी बीचौलियाहरुको हातमा भएको हुन सक्ने उनले आशंका गरे ।


