२०८१ चैत्र २८, बिहीबार ०७:५५

मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयका मन्त्री सरोजकुमार यादवले आफ्ना कार्यकर्तामार्फत ठगी धन्धामा लागेको तथ्य खुलेको छ ।

नेकपा एमालेका स्थानीय कार्यकर्ता सुजित कुमार कापरीमार्फत भौतिक पूर्वाधार विकास मन्त्री यादवले मेसिनरी तथा उपकरण सामग्री खरिद र कमिसनको नाममा रकमसमेत लिए पनि हालसम्म फिर्ता नगरेको आरोप आरके शाह मेसिनरी प्रालिका प्रबन्धक निर्देशक राजेशकुमार शाहले लगाएका छन् ।

जीटेक ट्रेड एण्ड इन्जिनियरिंग प्रालि जनकपुरधामका प्रोपराइटरसमेत रहेका नेकपा एमाले धनुषाका कार्यकर्ता कापरीले आरके शाह मेसिनरी प्रालिबाट सामग्री खरिद गरेको थियो भने कमिसन वापतको नगद रकमसहित ठगी गरेको आरोपसमेत उनले लगाएका छन् । जीटेक ट्रेडका प्रोप्राइटर कापरीले आरके शाह मेसिनरी प्रालिबाट चार लाख ६० हजार आठ सय रुपैयाँका मेसिनरी तथा उपकरण असार महिनामा उधारोमा खरिद गरी लगेका थिए ।

यसका साथै प्रोप्राइटर कापरीले कमिसन दिनुपर्ने भन्दै एक लाख ३० हजार रुपैयाँ आरके शाह मेसिनरीका प्रबन्ध निर्देशक राजेश कुमार शाहसंग लिएका थिए । दुई दिनपछि मेसिनरी तथा उपकरणको रकमसहित सम्पूर्ण रकम भुक्तानी गरिदिने भन्दै लिएको रकम करिब नौ महिना वित्न लाग्दा पनि एमालेका नेतासमेत रहेका कापरीले मन्त्री यादवको धाक लगाउँदै भुक्तानी गर्न आनाकानी गरिरहेका छन् । प्रबन्ध निर्देशक शाहले आफ्नो रकम गुम्न देखेपछि उनले जिल्ला प्रहरी कार्यालय धनुषामा कापरीमाथि ठगी सम्बन्धी उजुरी दिए ।

सो उजुरीमा कापरीसंग मेसिनरी तथा उपकारसहितका सामग्री र नगद दिएको रकमसहितको ताकेता गर्दा बेवास्ता गरेको भन्दै रकम भुक्तानी गरिदिनका लागि प्रबन्ध निर्देशक शाहले प्रहरी समक्ष आग्रह गरेका छन् । त्यसपछि धनुषा प्रहरीले एमालेका कार्यकर्ता कापरीलाई छलफलका लागि बोलाएपछि प्रोप्राइटर कापरीले भ्याटसहितको पाँच लाख २० हजार रुपैयाँ र एक लाख ३० हजारसहित ६ लाख ५० हजार रुपैयाँ दिने वाचा गरे पनि पछि उनले प्रबन्धक निर्देशक शाहलाई ६ लाख रुपैयाँको चेक दिए ।

कापरीले सिटिजेन्स बैंकको यही चैत १५ गतेको चेक दिए पनि सो बैंकमा भने हालसम्म रकम नै नरहेको भन्दै आफू दोधारमा परेको शाहले बताए । उनले आफूले ५० हजार रुपैयाँ नोक्सानी सहेर भए पनि एक मुष्ट रकम प्राप्त गर्ने भए पछि अन्तिम समयमा ६ लाख रुपैयाँको चेक बाध्यतावश लिएको बताए । तर सो बैंकको खातामा रकम नहुँदा आफू पुनः उजुरी दिने मनस्थितिमा पुगेको बताए ।

प्रबन्धक निर्देशक शाहले सो मन्त्रालयले रकम भुक्तानीको लागि तोकादेश गरेको कागजातको आधारमा मन्त्रीसमेतलाई कमिसन दिनुपर्ने भन्दै आफूसंग एक लाख ३० हजार रुपैयाँसमेत लिएर पनि अहिलेसम्म नदिनुमा एमालेका कार्यकर्तासमेत रहेका प्रोप्राइटर कापरी र मन्त्री सरोजकुमार यादवको मिलिभगत रहेको आरोप लगाए । उनले मन्त्रालयमा समेत कयौँ पटक रकम फछ्र्यौटबारे गुनासो गरे पनि वास्ता नगरी थर्काउने गरेको आरोप लगाए ।

यता प्रबन्ध निर्देशक शाहले चेक बाउन्सको उजुरी धनुषा प्रहरी कार्यालयमा दर्ता गराएका छन् ।

Comment


Related News

Latest News

Trending News