२०८१ चैत्र २८, बिहीबार ०८:५८

मकवानपुरको बकैयामा बस दुर्घटना भएको छ।

गएराति साढे ९ बजे बकैया गाउँपालिका-३ चिसापानीबजार स्थित धरान-चतरा सडकखण्डमा  बा.प्र ०६-००१ ख ०२७० नम्बरको रिजर्भ बस दुर्घटना भएको हो।

उक्त बस भीमफेदी गाउँपालिकाको कृषि तथा पशु शाखाले पालिकाका अगुवा किसानहरूलाई कृषक भ्रमणका रिजर्भ गरेको थियो।

भ्रमणबाट फर्कँदै गर्दा घुम्ती सडकमा बस पल्टिएको  मकवानपुर प्रहरीले जनाएको छ।

बसमा ३१ जन सवार थिए। उनीहरूको उद्दार गरी गएराति नै उपचारका लागि विभिन्न अस्पतालहरूमा पठाइएको मकवानपुर प्रहरीले जनाएको छ।

दुर्घटनाग्रस्त बस सडकमै रहेको  सवारी आवागमनमा अवरोध नभएको प्रहरीले जनाएको छ।

घाइतेहरुको हेटौंडा अस्पताल र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ। केहीलाई पुरानो मेडिकल कलेज भरतपुर रेफर गरिएको छ।

उपचार भइरहेका चार घाइतेहरुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

गम्भीर घाइतेहरुमा भिमफेदी गाउँपालिका-३ बुल्मिङका ४६ वर्षीय श्रीराम बज्यु, भिमफेदी-५ ज्यामिरेकी ५५ वर्षीया रिताकुमारी मगर, भिमफेदी-६ टारगाउँकी ४५ वर्षीया सुमित्रा लामा र ५५ वर्षीया सानी आले छिन्।

बज्युको पुरानो मेडिकल कलेज र बाँकी तीन जनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

बाँकी सामान्य घाइते छन् भने केही घाइते डिस्चार्ज भइसकेका छन्। दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

Comment


Related News

Latest News

Trending News