२०८१ चैत्र २८, बिहीबार ११:४४

भारत र बंगलादेशबीच ताजा राजनीतिक मतभेद र तनावको सेरोफेरोमा नयाँ दिल्लीले बंगलादेशलाई दिँदै आएको सामुद्रिक ढुवानी सुविधा (ट्रान्ससिपमेन्ट फ्यासिलिटी) अप्रिल ८ बाट फिर्ता लिएको छ।

भारतको विदेश मन्त्रालयद्वारा जारी आधिकारिक वक्तव्यमार्फत उक्त घोषणा गरिएको हो। भारतीय क्षेत्र हुँदै वंगलादेशबाट नेपाल र भुटानतर्फ हुने निर्यातलाई भने यो निर्णयले असर नपार्ने वक्तत्वमा जनाइएको छ। 

‘बंगलादेशलाई केही समयदेखि दिँदै आएको सामुद्रिक ढुवानी सुविधा (ट्रान्ससिपमेन्ट फ्यासिलिटी) का कारण हाम्रा विमानस्थल र बन्दरगाहमा सामान थुप्रिन जाँदा हाम्रा काममा ढिलाई तथा मूल्य वृद्धि हुन गइ हाम्रो आफ्नै निर्यात प्रभावित हुन गएको थियो, त्यसैले अप्रिल ८ देखि लागू हुने गरी यो सुविधा फिर्ता लिइएको छ,’ वक्तव्यमा भनिएको छ। 

त्यसलाई थप स्पष्ट पार्दै वक्तव्यमार्फत नेपाल र भुटानतर्फ बंगलादेशबाट भारतीय क्षेत्र हुँदै भइरहेको निर्यातमा भने कुनै प्रभाव पर्ने छैन।

गत अगस्ट ५ मा बंगलादेशमा भएको राजनीतिक उथलपुथलका कारण प्रधानमन्त्री शेख हसिना वाजेद भारतमा शरणार्थी  बनेपछि दुई देशबीच तनाव उत्पन्न भएको हो।

तीन दिन अघि बंगलादेशका प्रमुख सल्लाहकार मोहम्मद युनिस र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटघाटलगत्तै भारतले यो निर्णय लिएको हो।

Comment


Related News

Latest News

Trending News