२०८१ चैत्र २९, शुक्रबार ११:१७

लगातार नयाँ रेकर्ड राखिरहेको सुनको मूल्यले आज पनि निरन्तरता पाएको छ।

बिहीबार प्रतितोला पाँच हजार सात सय रूपैयाँ बढेर सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ८१ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।

आज सुनको प्रतितोला मूल्य एक लाख ८५ हजार रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला तीन हजार नौ सय रूपैयाँ बढी हो।

यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय पाँच रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

बिहीबार चाँदी प्रतितोला एक हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस तीन हजार दुई सय नौ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Comment


Related News

Latest News

Trending News