२०८१ चैत्र ३०, शनिबार १२:३८

नेपाली सेनाका एक जवानको हतियार परीक्षण गर्ने क्रममा गोली लागेर मृत्यु भएको छ।

चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ नेपाली सेनाको नयाँ गोरख गणमा कार्यरत जवानको बिहान ९ बजेतिर हतियार परीक्षण गर्ने क्रममा दाहिने तिघ्रामा गोली लागेको थियो।

२२ वर्षीय जवान चन्द्र किशोर दासको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको उक्त गणका गणपति शिवराम बस्न्यातले जानकारी दिए।

‘सेतीदेवी सामुदायिक वन क्षेत्रमा गस्ती सकेर फर्किएपछि हतियार थन्क्याउनुअघि परीक्षण गर्ने क्रममा आफैलाई गोली लागेछ। उपचारको क्रममा उहाँको निधन भएको छ,’ बस्न्यातले भने, ‘हतियार थन्क्याउनुअघि त्यसको अवस्था कस्तो छ भनेर परीक्षण गर्ने गरिन्छ। त्यही क्रममा दुःखद घटना भयो।’

Comment

Related News

Latest News

Trending News