२०८१ चैत्र ३१, आईतवार १४:४५

मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेशसभाको चौथो अधिवेशन अन्त्य गरेकी छन् । प्रदेश प्रमुखको कार्यालयले आज एक सूचना जारी गर्दै प्रदेशसभाको चालु चौथो अधिवेशन चैत ३० गते राति १२ बजेदेखि लागु हुने गरी अन्त्य गरिएको जानकारी गराइएको छ ।

के के भए चौथो अधिवेशनमा उपलब्धि ?

प्रदेशसभाको चौथो अधिवेशनबाट ३ वटा ऐनहरु पारित भएका छन् । प्रदेश बाल अधिकार ऐन २०७९ (पहिलो संशोधन), प्रदेश कृषि विकास विधेयक र मधेस पर्यटनको विकास र प्रवद्र्धन गर्न सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएका हुन् ।

त्यस्तै चौथो अधिवेशनबाट चारवटा विधेयक छलफलका लागि समितिमा पठाइएको छ । प्रदेश बिउ विजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१, प्रदेश व्यापार तथा व्यवसाय प्रवद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश निती आयोग गठन तथा कार्य सञ्चालन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधयक र गाउँ सभा÷नगर सभा÷जिल्ला सभाको कार्य सञ्चालन (कार्यविधि) ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयक लाई समितिमा पठाइएको जनाइएको छ ।

त्यस्तै, चौथो अधिवेशनबाट प्रदेश निजामति सेवा ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयक २०८१ दर्ता प्रकृयामा गएको छ भने मधेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा प्रस्तुत गरिएको छ ।

त्यस्तै चालु अधिवेशनमा प्रदेशसभामा पेश भएको प्रदेशको सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ विवादित बनेपछि प्रदेशसभाबाट फिर्ता लिइएको थियो ।

हाल प्रदेश सभा बैठक अर्को सूचना नहुनजेलसम्मका लागि स्थगित रहेको छ ।

Comment


Related News

Latest News

Trending News