२०८२ बैशाख १, सोमबार १२:५९

उच्च अदालत पाटनले बलात्कार मुद्दामा निलम्बित न्यायाधीश भुवन गिरीलाई सफाइ दिएसँगै कारागारबाट छुटेका छन्।

उनी सोमबार बिहान कारागार कार्यालय डिल्लीबजारबाट छुटेको सहायक जेलर शेरबहादुर थापाले जानकारी दिए।

‘उच्च अदालतको आदेश आइतबार बेलुकी आइपुगेको थियो। त्यसपछि आज बिहान १० बजेपछि छुट्नुभयो,’ उनले भने।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश दुर्गाप्रसाद भुसालको इजलासले गत जेठ १३ गते बलात्कार मुद्दामा गिरीलाई दोषी ठहर गरेको थियो। दोषी ठहर गर्दै उनलाई जेठ २९ गते सात वर्ष कैद र तीन लाख रुपैयाँ जरिवाना तिराउन फैसला गरेको थियो।

आइतबार उच्च अदालतका न्यायाधीशहरू लालबहादुर कुँवर र डिल्लीरत्न श्रेष्ठको इजलासले उक्त फैसलालाई उल्ट्याएर सफाइ दिएको अदालतका सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन्।

गिरी कपिलवस्तुमा जिल्ला न्यायाधीश थिए। त्यही बेला उनकी श्रीमतीले वैवाहिक बलात्कारको जाहेरी दिएकी थिइन्। सोही जाहेरीमाथि अनुसन्धान भई मुद्दा अदालतमा दर्ता भएपछि गिरीलाई न्यायपरिषदले निलम्बन गरेको थियो।

Comment


Related News

Latest News

Trending News