२०८२ बैशाख १, सोमबार १३:०६

पूर्वमन्त्री हृदयेस त्रिपाठीले हालेको गाली बेइज्जती मुद्दामा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवको पक्षमा फैसला भएको छ ।

जनता प्रगतिशील पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री त्रिपाठीले दायर गरेको गाली बेइज्जती मुद्दामा जिल्ला अदालत नवलपरासी पश्चिमले प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवको पक्षमा फैसला गरेको हो ।

जसअनुसार यस अगावै यादवले आफूले त्रिपाठीलाई कुनै किसिमको गाली बेइज्जती नगरेको दावी गर्दै आएका थिए । सोही अनुसारको त्रिपाठीले लगाएको आरोपको दावी नपुग्ने भन्दै अध्यक्ष यादवको पक्षमा अदालतले फैसला गरेको हो । यसवारे अध्यक्ष यादवले अदालतको फैसलालाई सम्मान गर्ने बताए ।

त्रिभुवन मावि बेलाटारीका विद्यार्थीका लागि कक्षाका लागि त्रिभुवन क्याम्पसको कक्षा कोठा व्यवस्थापन गर्ने क्रममा उत्पन्न विवादपछि त्रिपाठीले गाली गरेको आरोप लगाउँदै यस अगाबै २०८० साउन ३१ मा मुद्दा दायर गरेका थिए ।

यद्यपि १५ पेशीपछि अदालतले “दावी नपुगेको” भन्दै आइतवार निर्णय गरेको जिल्ला अदालत नवलपरासीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News