२०८२ बैशाख २, मंगलवार ०६:१३

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव नयाँ वर्षको आरम्भसंगै प्रधानमन्त्री केपी शर्मा ओली माथि संघीयता धरापमा पार्न खोजेको भन्दै आक्रोश पोखेका छन् ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष यादवले सोमबार सामाजिक संजाल फेसबुकमा स्टेटस लेख्दै प्रधानमन्त्रीको हैसियतमा मधेश प्रदेशको प्रदेशसभामा गर्दै आएको सम्बोधन प्रति कटाक्ष गर्दै आक्रोशित भएका छन् । उनले प्रदेशसभाको सदस्य नभएका व्यक्ति प्रधानमन्त्रीको हैसियतले सम्बोधन गर्ने चलन अन्य मुलुकमा कतै नरहेको उल्लेख गर्दै अध्यक्ष यादवले ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको उपहास गरेको आरोप लगाए ।

उनले संघीयतालाई कार्यान्वयन नै नगर्ने, प्रदेशलाई अधिकार, श्रोतसाधन र जनशक्तिविहीन र कमजोर पार्दै, अन्त्यमा संघीय गणतन्त्रलाई नै समाप्त गर्ने षड्यन्त्र हो भन्ने सशंय उत्पन्न गरेका छन् । उनले सामाजिक संजालमा लेखेका छन्, ‘ प्रदेशसभाको सदस्य नै न भएको ब्यक्ति, केवल प्रधानमन्त्रीको हैसियतले मात्र प्रदेश सभाहरुलाई सम्बोधन गर्ने चलन र परम्परा कुनै पनि सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक ब्यवस्था भएको मुलुकमा देखिदैन । सङघीय संसदमा अन्य मुलुकबाट आएका सम्माननीय राजकीय अतिथिले सरकार र सभामुख को अनुमतिप्राप्त भए पछि मात्र विशेष सम्बोधन गर्ने चलन रहेका छन् ।

नेपालको प्रधानमन्त्री प्रदेशसभाहरुमा गई सम्बोधन गर्नु सङघीय गणतन्त्र कै उपेक्षा ,उपहास र अवमुल्यन गर्नु हो । सङ्घीयतालाई कार्यान्वयन नै न गर्ने , प्रदेशलाई अधिकार, श्रोतसाधन र जनशक्ति बिहीन र कमजोर पार्दै, अन्त्यमा सङ्घीय गणतन्त्रलाई नै समाप्त गर्ने षड् यन्त्र हो की ? अज्ञानता हो या सत्ताको दम्भ हो ? सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मुल्य, मान्यता , सिद्धान्न्त र आदर्श विपरित कार्य किन ? सम्बोधन को उद्देश्य के हो ? यो सम्बोधन को उद्देश्य के हो ? ’ नयाँ वर्षको शुभारम्भ संगै अध्यक्ष यादवले समाजिक संजालमा प्रधानमन्त्री ओली माथि संघीयता नै समाप्त गर्ने षडयन्त्र गरेको हो की भनि प्रश्न खडा गर्नुले राजनीतिक वृत एका विहानै देख तरंगित भएको छ ।

वर्तमान सरकार प्रति रुष्ट रहे पनि सरकारलाई दिएको समर्थन कायम राखेका अध्यक्ष यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिन लागेका हुन की ? भने चर्चा हुन थालेको छ । सरकार विरुद्ध पूर्व प्रधानमन्त्री एवं प्रतिपक्षी दलका नेता पुष्पकमल दहाल प्रचण्डले सरकारलाई ढल्ने दिएको अभिव्यक्ति, सरकार प्रति काँग्रेस भित्रको चरम असन्तुष्टि र उपेन्द्र यादवको समाजिक संजालको अभिव्यक्तिलाई राजनीतिक विज्ञहरुले जोडेर हेर्न थालेका छन् ।

Comment


Related News

Latest News

Trending News