२०८२ बैशाख २, मंगलवार १२:२९

सुनको भाउ आज  घटेको छ ।

सुनको भाउ एक हजार सात सय रुपैयाँले घटेर तोलाकाे एक लाख ७४ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अघिल्लाे काराेबार दिन गएकाे चैत ३१ गते सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ८६ हजार रुपैयाँमा कारोबार भएकाे थियो ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ १५ रुपैयाँले घटेर ताेलाकाे एक हजार नौ सय ४५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News