२०८२ बैशाख ३, बुधबार ०६:३८

सरकारले सङ्घीय संसद्को अधिवेशन यही वैशाख १२ गते आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिश गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को हिजोको बैठकले वर्षे अधिवेशन यही वैशाख १२ गते दिउँसो १ बजे बस्ने गरी आह्वान गर्न सिफारिश गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले जानकारी दिनुभयो ।

सङ्घीय संसद्मा विचाराधीन अवस्थामा रहेको विद्यालय शिक्षा विधेयक यथाशक्य पारित गर्ने प्रयोजनका लागि सङ्घीय संसद्को अधिवेशन आह्वान गरिएको सरकारले जनाएको छ ।

सरकारको तर्फबाट विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने बैठकले निर्णय गरेको छ ।

विभिन्न माग राखेर गएको चैत २० गतेदेखि शिक्षकहरुले काठमाण्डौमा निरन्तर प्रदर्शन गर्दै आएका छन् ।

उनीहरुको माग सम्बोधन गर्ने उद्देश्यले सरकारले सङ्घीय संसद्को बैठक आह्वान गरेको जनाएको छ ।

Comment


Related News

Latest News

Trending News