
सुनको भाउले आज र्कीतिमान बनाएको छ । सुनको भाउ आज एकैदिन तोलामा दुई हजार सात सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्य कायम भएको हो ।
आज सुनको भाउ तोलामा एक लाख ८७ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
नयाँ वर्ष २०८२ सालको कारोबार भएको पहिलो दिन हिजो सुनको भाउ तोलाको एक लाख ८४ हजार तीन सय रुपैयाँमा कायम भएको थियो । गएको चैत्र ३१ गते सुनको भाउ तोलाको एक लाख ८६ हजार रुपैयाँ रहेको थियो ।
यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर एक हजार नौ सय ५५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार नौ सय ४५ रुपैयाँ रहेको थियो ।