
नेपाल विद्युत प्राधिकरणको ढल्केवर ग्रिडको विभिन्न उपकरणमा आगलागी हुँदा आज बिहानदेखि धनुषा र महोत्तरी जिल्लाको विद्युत सेवा अवरुद्ध भएको छ ।
शुरुमा सर्लाही जिल्लाको पनि विद्युत अवरुद्ध भएको थियो तर त्यहाँ मरम्मत गरी अर्को फिडबाट लाइन सुचारु भएको नेपाल विद्युत प्राधिकरणको प्रादेसिक कार्यालय प्रमुख शम्भु कुसियैतले जानकारी दिएका छन् । ढल्केवर ग्रिडमा मरम्मत कार्य बिहान साढे ८ बजेदेखि भइरहेकोले आज साँझसम्म दूबै जिल्लामा लाइन सुचारु हुने उहाँले जानकारी दिनुभयो ।
आज बिहान साढे ७ बजे ढल्केवर ग्रिडमा केबुल, ब्रेकर, सि टी लगायत विभिन्न उपकरणमा विद्युत सर्ट भइ आगलागी भएको छ ।
आगलागी एक घण्टामै नियन्त्रणमा आएको थियो । प्राधिकरणको प्रादेसिक कार्यालय प्रमुख कुशियैतका अनुसार आगो नियन्त्रणमा आउन साथ सरम्मत कार्य शुरु गरिएको छ ।