
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले वैशाख १२ गते (शुक्रबार)बाट सुरु हुने गरी अधिवेशन आह्वान गरेका हुन् ।
बैठक वैशाख १२ गते दिउँसो १ बजे बस्ने तय भएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन आह्वानका निम्ति राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।