२०८२ बैशाख ३, बुधबार १६:०४

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुलाई दुर्व्यवहार  गर्ने तीन प्रहरीलाई कारबाही गरिएको छ । दुबईबाट फर्किएका एक युवकलाई दुर्व्यवहार  गरेकाे आराेपमा विमानस्थलबाट ३ जना प्रहरीलाई हटाइएको हो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले घटनामा संलग्न देखिएका ३ जना प्रहरी कर्मचारीहरुलाई विमानस्थल सुरक्षा जिम्मेवारीबाट हटाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालयको प्रवक्ता शेखर खनालले बताए ।

उनीहरुलाई विमानस्थलबाट तानेर काठमाडौं उपत्यका प्रहरी कार्यालयमा झिकाई आवश्यक छानविन तथा अनुसन्धान भइरहेको उनले बताए ।

गत चैत ३१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचर, काठमाडौँमा कार्यरत प्रहरी कर्मचारीहरुले स्वदेश फर्किएका एक युवकमाथि दुर्व्यवहार गरेको भन्ने भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो । गत आइतबार दुबईबाट फर्किएका धनुषाका सञ्जय ओझामाथि प्रहरीले लछारपछार गर्दै बुटले प्रहार गरेको  भिडिओ सार्वजनिक भएकाे थियाे ।

Comment


Related News

Latest News

Trending News