२०८२ बैशाख ३, बुधबार १७:४६

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले पूर्वराजा ज्ञानेन्द्र शाहको नेपालमा कुनै अस्तित्व नरहेको बताएका छन् ।

बुधबार पार्टी केन्द्रीय कार्यालय बबरमहलमा आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा उनले राजा देशबाट गइसकेको भन्दै पूर्वराजा शाह राजा नै नरहेको जिकिर गरे ।

उनले अस्तित्व नभए पनि आफूलाई पूर्वराजा भनेर ठाउँठाउँमा हिँड्ने गरेको बताए । अध्यक्ष ठाकुरले फागुन ७ गते र नयाँ वर्षको अवसरमा पूर्वराजा शाहले दिएको शुभकामनाप्रति पनि असन्तुष्टि जनाए ।

“राजा त गइसकेका हुन्, उनी छँदै थिएनन् । उनको अस्तित्व नै छैन । तर, पनि उनी आफूलाई पूर्वराजा भनेर हिँडेका छन् । ठाउँठाउँमा उपस्थित भएका छन् । फागुन ७ गते जत्तिकै आपत्तिजनक वक्तव्य नयाँ वर्षको उपलक्ष्यमा दिइएको छ । संसदीय व्यवस्था उनले मानेका छन्, तर त्यो आफ्नो अधिनमा हुनुपर्छ भनेर लागेका छन् । उनको बदमासी यहाँ पनि स्पष्ट देखिन्छ,” उनले भने ।

Comment


Related News

Latest News

Trending News