२०८२ बैशाख ४, बिहीबार १३:००

सुनको भाउ अहिलेसम्मकै उच्च भएकाे छ ।

आज सुनको भाउ एकैदिन तोलामा तीन हजार ६ सय रुपैयाँले बढेर र्कीतिमान बनाएको हो ।

आज सुनको भाउ तोलामा एक लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजाे सुनकाे भाउ ताेलाकाे एक लाख ८७ हजार रुपैयाँ रहेकाे थियाे ।

यस्तै आज चाँदीको भाउ पनि सामान्य बढेको छ ।

चाँदीको भाउ पाँच रुपैयाँले बढेर ताेलाकाे एक हजार नौ सय ६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार नौ सय ५५ रुपैयाँ रहेकाे थियो ।

Comment


Related News

Latest News

Trending News