२०८२ बैशाख ४, बिहीबार १३:०८

नेपाल विद्युत प्राधिकरणको ढल्केवर ग्रिडको विभिन्न उपकरणमा आगलागी हुँदा बुधबार अवरुद्ध विद्युत सेवा आज फेरी अवरुद्ध भएको छ ।

उपकरणहरुमा आगलगीपछि धनुषा र महोत्तरी जिल्लाको विद्युत सेवा ट्रान्सफर्मर परीक्षणको काम चलिरहेकाले आज पनि विद्युत सेवा अवरुद्ध रहेको जानकारी नेपाल विद्युत प्राधिकरणको प्रादेसिक कार्यालयका प्रमुख शम्भु कुसियैतले दिएका छन् ।

बुधबार ढल्केवर ग्रिडमा आंशिक रुपमा मरम्मत कार्य पूरा गरेर विद्युत सेवा सुचारु गरिएको आज ट्रान्सफर्मर परीक्षणको काम चलिरहेको उनले बताए ।

उनका अनुसार ट्रान्सफर्मर परीक्षणको काम २/३ घण्टामा पूरा भएपछि पूर्ण रुपमा विद्युत सेवा सुचारु हुनेछ ।

हिजो बिहान साढे ७ बजे ढल्केवर ग्रिडमा केबुल, ब्रेकर लगायत विभिन्न उपकरणमा विद्युत सर्ट भइ आगलागी भएको छ ।

Comment


Related News

Latest News

Trending News