२०८२ बैशाख ४, बिहीबार १४:४१

प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीले देशमा अनावश्यक ढङ्गले गन्तव्यविहिन हिंसा मच्याएको आरोप लगाएका छन्।

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको महाधिवेशनलाई सम्बोधन गर्दै देशमा हिंसा मच्याउनुपर्ने कुनै कारण नै नरहेको बताए।

उनले भने, ‘हाम्रा देशमा एउटा यस्तो समय आयो, अनावश्यक ढङ्गले हिंसा प्रारम्भ गरियो। हिंसा नै मच्याउनुपर्ने कुनै कारण थिएन।

त्यो हिंसा कुनै ठोस गन्तव्यमा पुग्नेवाला पनि थिएन, त्यो अलिक समय नेपाली जनताका लागि त्रासपूर्ण र बुद्ध भूमि र शान्ति भूमि भनेर चिनिने ठाउँ अकारण अशान्तिको रूपमा परिणत भयो। त्यसको मारेमा सबैभन्दा धेरै सेना प्रहरी नै परे। सेना प्रहरी मात्रै परेनन् उनीहरूको परिवार पनि पीडादायिक प्रभाव रह्यो।ु

उनले नहुनुपर्ने द्वन्द्व भएपछि आफूहरूले धेरै मेहनत गरेर संवादबाट शान्ति प्रक्रियामा ल्याएको बताए।

Comment

Related News

Latest News

Trending News